विराटनगर जुट मिलमा भारतको बिडला समूहको लगानी चासो

विराटनगर जुट मिलमा भारतको बिडला समूहको लगानी चासो

विराटनगर । विराटनगर जुट मिलमा भारतको प्रसिद्ध औद्योगिक ग्रुप बिडला समूहले लगानी चासो राखेको छ । बिडला ग्रुपले लगानी गर्ने मनसायसहित मंगलबार मिलको अवस्था बारे बुझेको हो ।

सरकारले बन्द उद्योगहरुलाई सञ्चालन गर्ने तीनवटा अवधारणा अगाडी सारेको छ । जसमध्ये लिजमा लिएर लगानी भित्र्याउने उद्देश्यसहित बिडला समूहका प्राविधिकहरुले अध्ययन सुरु गरेको हो ।

उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष केशव बस्नेतले ‘मन्त्रालयसँगको अनुमतिमा बिडला समूहलाई मिलसम्म ल्याउन सहजीकरण गरेका हुन् । अध्यक्ष बस्नेतले सरकार आफैंले सञ्चालन गर्ने, सार्वजानिक निजी अवधारणमामा सञ्चालन गर्ने वा लिजमा दिएर सञ्चालनमा ल्याउने मोडलमध्ये बिडलाले लिजमा लिनसक्ने संभावना धेरै रहेको बताए ।

उद्योग सञ्चालनको संभावना अध्ययन गरेर बिडला समुहले त्यसको प्रतिवेदनसहितको प्रस्ताव सरकारलाई पेश गर्ने भनाई छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले माथिल्लो तहमा कुराकानी भएर अनुगमन गरेको हुनसक्ने बताए । यद्यपी मन्त्रालय तहमा यस विषयमा जानकारी नभएको उनेको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्