मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लबलाई

<span class='c1'>मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट</span> <span class='c2'>प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लबलाई</span>

विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (बीसीसी) च्याम्पियन बनेको छ ।

बीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुफर ओभरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको विसिसिले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । बीसीसीका अनिल यादवले ४१ रन बनाउँदा धिरज कामतले २३ रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए ग्रामथानका आर्यन बास्कोटाले ३ विकेट लिँदा निर्वेश लुइटेलले २ विकेट लिए ।

१ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नटआउट २० रन निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए । विसिसिका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत, आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बीसीसीका राहुल चौधरी ,उत्कुष्ट बलर बीसीसीका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि विसिसिका कृतिक कामत घोष्ति भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए । विजयी तथा अन्य देलाडिलाई प्रमुख अतिथि पूवै राष्ट्रिय खेलाडि नन्दकिशोर राठी, मोर क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्