जीर्ण भयो विराटनगरको श्री खाकी बाबा मन्दिर, नयाँ संरचना बन्दै

<span class='c1'>जीर्ण भयो विराटनगरको श्री खाकी</span> <span class='c2'>बाबा मन्दिर, नयाँ संरचना बन्दै</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ ।

यहाँ दिनहुँ जसो पुजाआजा गर्न आउने श्रदालु घट्दै गए । विराटनगर वडा नम्बर १३ मा रहेको यस मन्दिरको स्थापना वि.सं.२००७ मा गरिएको हो ।

यहाँ आउने श्रद्धालुले रामजानकी,राधाकृष्ण,शिव,वैष्णवी लगायत देविदेवताको पुजा गर्छन् । खाकी बाबाको फोटो मन्दिरको ढोका छेउमा राखिएको छ । उक्त मन्दिर दुई नामले चिनिने गरेको छ । स्थानीयले खाकी बाबा नामले चिन्छन् भने अन्य स्थानबाट आउनेले रामजानकी मन्दिर भन्ने गर्दछन् ।

खाकी बाबा मन्दिरमा मनोकामना पुरा हुने विश्वासका साथ श्रद्धालुहरु आउने गरेका छन् । ५५ वर्षीय देवीकुमारी श्रेष्ठ छोेरीको विवाहको लागि मन्दिरमा पुजा गर्दैथिन् । उनले भनिन् यहाँ मागेको कुरा पुरा हुने भएकोले म कुनै कार्य गर्नु पुर्व यहाँ आउने गरेकी छु । विगत १५ वर्षदेखि ८८ वर्षीय पुजारी भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाले मन्दिरको रेखदेख गरिरहेका छन् । उनीहरुको अनुसार यहाँ विवाह, व्रतबन्ध अन्य पुजाआजाका लागी मान्छे आउने गरेको बताए । तर सधैं जसो नभएर कहिलेकाही मात्र आउने कोइरालाले सुनाए ।

विशेषगरी अन्य समयमा भन्दा श्रावण महिनामा ब्रतालुहरु यस मन्दिरमा आउने गरेका छन् । अन्य समयमा भने मन्दिर सुनसान हुन्छ । यहाँ भएका सबै देविदेवताको मुर्ती खाकि बाबाले राखेका हुन् कोइरालाले भने ।

मन्दिरको समिति अध्यक्ष सुर्यलाल यादवले संरचना जीर्ण भएकाे बताए । उनका अनुसार मन्दिर निर्माण गर्दा संरचनमा पिलरको प्रयोग नभएकोले अहिले जीर्ण अवस्थामा पुगेको जानकारी दिए । मन्दिरको एक विगाहा एक कठ्ठा जमिन छ । अध्यक्ष यादव मन्दिरको समिति अध्यक्षका साथै वडा नं. १३ का वडा अध्यक्ष समेत हुन् । उनले मन्दिरको संरचना निर्माणको लागि डीपीआर तयार भईरहेको बताए ।

वडा समितिको कार्यालय समेत मन्दिरकै जग्गामा बनाउने योजना भएको उनको भनाई छ । महानगरपालिकाले अन्यत्र जग्गा खरीद गर्न नसक्ने भएकोले सोहि स्थानमा बनाउने योजना तयार हुँदै गरेको समिति अध्यक्ष यादवले बताए।

भिम पराजुलीको पालामा महानगरपालिकाद्वारा यो मन्दिरमा सामुदायिक भवन निर्माण भयो । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा समेत अर्को भवन निर्माण हुँदैछ । यस भवन निर्माणको मुख्य उदेश्य भनेको बाहिरबाट आएका साधु सन्तलाई राख्न बनाइएको हो । दुवै भवनको निर्माण कार्य भने सम्पन्न भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्