प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिफाइलनमा

प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिफाइलनमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भई सेमिफाइलनमा पुगेको छ ।

विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैँचा नगरपालिकामा रहेको ब्राइट फ्यिुचर स्कुललाई ४७–१३ सेटले हराउँदै एभरेष्ट सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका शिव साह घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा बिकेभिएम स्कुलले रतुवामाइ नगरपालिकामा रहेको राष्ट्रनिमार्ण स्कुललाई ८५–१३ सेटलले हराउँदै बिकेभिएम सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच बिकेभिएमका सुवास कुमार गाइन घोषित भए ।

शनिबारको पहिलो सेमिफाइनल खेल एभरेष्ट र सगरमाथा स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो सेमिफाइनल खेल बिकेभिएम र सेन्टजोसेफ स्कुलबिच हुने खेल संयोजक महेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्