विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् ।
कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् ।
तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए ।
बालबालिकादेखि वृद्धवृद्धा समेत कार्यक्रममा सहभागी भएका थिए । तामाङ समुदायसहित अन्य समुदायका व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे।