विराटनगर सफा–सुन्दर बनाउन मेयर कोइरालाको टिप्स : दुईवटा गमलामा फूल र आँगन सफा

विराटनगर सफा–सुन्दर बनाउन मेयर कोइरालाको टिप्स : दुईवटा गमलामा फूल र आँगन सफा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्र सफा र सुन्दर राख्न घर आँगन सफा र दुईवटा गमलामा फूल रोप्न सुझाव दिएका छन् । उनले विराटनगर–४ मा बृहत नगर सफाई कार्यक्रममा आफ्ना धारणा राख्दै अघिल्लो दिन सफाईमा संलग्न भएर भोलिपल्ट फोहोर गर्ने प्रवृत्ति देखिएको गुनासो गरेका हुन् ।

नगर सफा र सुन्दर बनाउन सामूहिक प्रयास आवश्यक पर्ने उनको भनाई थियो । ‘हरेक नागरिकले आफ्नो घर अगाडि सफा राख्ने र दुईवटा गमलामा फूल र विरुवा रोपिदिने हो भने विराटनगर साँच्चिकै सफा, सुन्दर र हराभरा हुन्छ’ मेयर कोइरालाले भने–एकदिन कसैले आएर सफा गरिदिएला भनेर बस्ने प्रवृत्ति हावी हुँदै गयो ।

उनले नहर सफा राख्न घरमा उत्पादन भएको फोहोर सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बानीको विकास आवश्यक रहेको बताए । त्यसका लागि महानगरपालिकाको फोहोर संकलन गर्ने कम्पनीहरुसँग आवद्ध हुन उनको आग्रह थियो । स्थानीयवासीले नहरमा फोहोर नफ्याँक्ने र कसैले फोहोर फ्यालेमा त्यसलाई कारबाहीको दायरामा ल्याउने र सामाजिक बहिष्कार गर्नुपर्ने उनको सुझाव थियो ।

सफाई अभियानमा विभिन्न पार्टी आबद्ध युवा, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थालगायतले सामूहिक रुपमा नगरको सफाई गरेका थिए । हरेक शनिबार बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने अभियानले नगरलाई सफा राख्नुका साथै अन्य क्षेत्रको सफाइमा महानगरवासीलाई जागृत गराउने वडाध्यक्ष जितन थापाले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्