विराटनगरमा न्युजिल्यान्ड विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने

विराटनगरमा न्युजिल्यान्ड विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने

विराटनगर । विराटनगरमा न्युजिल्यान्ड विश्वविद्यालय र संस्थाको प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

माघ २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म  विराटनगर १० ट्राफिक चोक गणेश बजारस्थित एक्सेस एजुकेशन विराटनगरको कार्यालयमा अन्तरक्रिया कार्यक्रम हुने भएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा जोसुकै पनि सहभागी हुन पाउने एक्सेस एजुकेशन विराटनगर शाखाले जनाएको छ।

न्युजिल्यान्ड विश्वविद्यालयका ७ जना प्रतिनिधिको सहभागीता हुने कार्यक्रममा प्रत्यक्ष भेटेर विद्यार्थीहरुले आफ्नो कुरा राख्न पाउने एक्सेस एजुकेशन विराटनगर शाखाका संचालक सरोज बस्नेतले जानकारी दिए।

एक्सेस एजुकेशन नेटवर्कको 'गन्तव्य न्युजिल्यान्ड रोड टु न्युजिल्यान्ड' कार्यक्रम अन्तर्गत माघ २८ गतेदेखि फागुन ५ गतेसम्म नेपालभर कार्यक्रम संचालन हुने एक्सेस एजुकेशनले जनाएको छ। जसअन्तर्गत विराटनगर,कुमारी पाटी,पुतली सडक,नयाँ बानेश्वर,पोखरा,चितवन र बुटबलमा कार्यक्रम हुने विराटनगर शाखाका संचालक बस्नेतले बताए।

न्युजिल्यान्डमा अध्ययन गर्न जानका लागि केके प्रक्रिया छन्,अध्ययनपछिको क्यारियरको सम्भावना,भिसा प्रक्रिया,छात्रवृत्तिको अवसर लगायतका विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्