सुनसरीबाट एक करोड भन्दाबढी नक्कली नोट बरामद

सुनसरीबाट एक करोड भन्दाबढी नक्कली नोट बरामद

विराटनगर । सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट फेला पारेको छ ।

भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने स्कोरपियोमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले जनाएको छ ।

रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको र पक्राउ परेको नगदका विषयमा प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्