लाइसेन्सको सेटिङ भत्काउन मन्त्रीको अन्डरकभर अप्रेसन

लाइसेन्सको सेटिङ भत्काउन मन्त्रीको अन्डरकभर अप्रेसन

विराटनगर । कोशी प्रदेशका यातायात कार्यालयहरुमा भईरहेको सेटिङ भत्काउन आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले ‘अन्डरकरभ अप्रेसन’ सुरु गरेका छन् । संस्थागत भ्रष्टचारको जरो झ्याङगिएर बिचौलिया निर्भर रहेका यातायात कार्यालयबाट प्रवाह हुने सेवामा सुशासन कायम गराउन उनी सेवाग्राहीमुखी छड्केमा निस्किएका हुन् ।

मन्त्री राईले प्रारम्भिक चरणदेखि ट्रायल सेन्टरसम्मको सेटिङको जरोसम्म पुग्ने लक्ष्य राखेका छन् । जसका लागि उनी साधारण नागरिकको हैसियतमा कार्यालयहरु पुग्न थालेका हुन् ।
आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालय इटहरी अन्तर्गतको ट्रायल सेन्टरको छड्के गरेका थिए । टाउकोमा क्याप, अनुहारमा कालो चस्मा र मुखमा कालै मास्क लगाएका उनलाई हप्कीदप्की समेत गरिएको थियो ।

‘आकस्मिक गरिने छड्केमा कसैले गाली गरो भन्ने कुरा प्रमुख हैन’ मन्त्री राईले भने–मलाई गाली गर्नेले नियम संगत र सेवाग्राहीमुखी बनिरहेको छ की छैन भन्ने हो । उनले ट्रायल सेन्टरमा लापर्वाहीपूर्ण काम भईरहेको कुरा नोट गरेर फर्केको बताए ।

समस्या देखिएका छन् मन्त्री राईले भने–फिल्डमै फेल÷पास भनेर भरिनु पर्ने विवरण राखेको देखिएन, आँखा परीक्षण गर्दा पाँचसय नदिदाँसम्म आँखा देखिने रिपोर्ट नै नदिने गरेको पनि पाइयो । उनले लाइसेन्स सेवाग्राहीमुखी बनाउन यातायातका सेवा कार्यालयहरु विस्तार गरिएको भएपनि बिचौलिया निर्भरता कायमै रहेकोले यसलाई सच्याउन आफ्नो पहल हुने बताए ।

यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्र प्रसाद प्रसाईँले बिचौलिया निषेध गरिएको दावी गरेका थिए । भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेखेको दाबी गरे । इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ । त्यसमा हलुकादेखि ठूला सवारी साधनको पनि ट्रायल गराइन्छ । एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन । बायो मेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रिट्रायल गर्ने प्रबन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्