विराटनगर महानगरबाट वैदेशिक रोजगारीको श्रम स्वीकृत सुरु

<span class='c1'>विराटनगर महानगरबाट वैदेशिक रोजगारीको</span> <span class='c2'>श्रम स्वीकृत सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् ।

वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु हो ।
महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाका अनुसार २०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह सुरु भएको छ ।

महानगरपालिका उपप्रमुख कार्कीले सेवाग्राहीका लागि सहज रुपमा सेवा प्रदान गरिने जानकारी दिइन् । उनले स्थानीय तहबाट श्रम स्वीकृति सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेहरूका लागि सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्