शिक्षादीप स्कुलमा सिङगिङ्ग र डान्सिङ्ग आइडल सम्पन्न

शिक्षादीप स्कुलमा सिङगिङ्ग र डान्सिङ्ग आइडल सम्पन्न

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त आइडल भएको हो ।

शिक्षादीप सिङगिङ्ग स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय सुहानिका पौडेल र तृतीय रितिका भट्टराई भइन् । त्यसैगरी डान्सिङतर्फको सिनियरको प्रथम युआना चौधरी, द्धितीय प्रजिता राई र तृतीय खुशी भुजेल भइन् ।

प्रतियोगिताको सिङगिनमा ८ जना प्रतियोगि र डान्सिङमा १२ जना पुगेका थिए । डान्सिङमा सिनियर र जुनियर गरि ६–६ जना प्रतियोगित थिए। प्रतियोगिताको निर्णायकहरुमा गायक राम राउत, नृत्य निर्देशक मनोज राजवंशी र समिक्षा कार्की रहेकी थिइन् । सोही अवसमार विद्यालय परिसर भित्र विज्ञान प्रर्दशनी पनि आयोजना गरिएको थियो । विद्यार्थीहरुले बनाएको विज्ञानसँग सम्बन्धी प्रर्दशनी राखिएको थियो । उत्कृष्ट हुने समूहलाई स्कुलले पुरस्कृत पनि गरिएको छ ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउन यस्तो कार्यक्रमहरु गर्दै आएको प्रिन्सिपल खड्काले बताए । कार्यक्रमको उदघाटन पूर्वाञ्चल विश्व विद्यालयका डिन प्राडा अनिलकुमार पोखरेलले गरे । कार्यक्रममा बोल्दै विद्यार्थीहरुको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिताले ठूलो भुमिका खेल्ने बताए ।

स्कुलमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी समेत गरेका थिए।

विजेतालाई प्रमुख अतिथि पोखेलसहित स्कुलका को–अर्डिनेटर गणेश गौतम लगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्