क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्विप’

<span class='c1'>क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामा</span> <span class='c2'>नेपालको ‘क्लिन स्विप’</span>

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ ।

सोमबार भएको तेस्रो तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाएका थिए ।

त्यस्तै, आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए।
नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्