विराट नर्सिङहोम प्रा. लि. र विराटनगर हार्डवेयर संघबीच स्वास्थ्य उपचार सम्झौता

विराट नर्सिङहोम प्रा. लि. र विराटनगर हार्डवेयर संघबीच स्वास्थ्य उपचार सम्झौता

विराटनगर । विराट नर्सिङहोम प्रा.लि. र विराटनगर हार्डवेयर संघ बीच स्वास्थ्य सम्झौता भएको छ ।

हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ विराट नर्सिङहोमसँग सम्झौता गरेको हो ।

विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्की र विराटनगर हार्डवेयर संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) ले स्वास्थ्य उपचार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हार्डवेयर संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका करिब ८ हजार सदस्यले स्वास्थ्य सेवाको लाभ लिने अस्पतालले जनाएको छ ।

पैसाको पछाडी सबै दौडिएकाले स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने कुरालाई जोड दिँदै विराट नर्सिङ होमले दिइरहेको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै अस्पतालसँग सम्झौता गरिएको हार्डवेयर संघका अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) बताउछन् । आफ्नै व्यापारमा, परिवारमा व्यस्त भएकाले स्वास्थ्यमा ध्यान दिने कोही नभएपछि ‘सबैजनाको स्वास्थ्य हेरचाहको सहयात्री बन्न पाँउ’ भन्ने विराट नर्सिङ होमको अभियान अन्तर्गतको विराटनगर हार्डवेयर संघ बीच स्वास्थ्य सम्झौता गरिएको अस्पतालका प्रमुख कार्यकारी अध्यक्ष डा. निकिता कार्कीले बताए ।

तीन दशकदेखि यो अभियान चलाइरहेका कारण सक्रिय भएर स्वास्थयमा लापर्वाही गर्ने सम्पूणर्मा प्रत्यक्षरुपमा भेटेर कुराकानी गरेपछि यो अभियानमा हातेमालो गर्ने गरेको उनले बताए । यो अभियानमा व्यवसायीदेखि सम्पूर्ण सेवाग्राही सकारात्मक रहेको डा. कार्कीको भनाई थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्