विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ ।
इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ ।
उनको साथबाट डेटोनेटर ७ वटा, बिष्फोटन पदार्थ बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।