सेनाले डिस्पोज गर्‍यो विराटनगरमा भेटिएको शंकास्पद वस्तु

सेनाले डिस्पोज गर्‍यो विराटनगरमा भेटिएको शंकास्पद वस्तु

विराटनगर । विराटनगर -३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज (मंगलबार ) डिस्पोज गरिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले नियन्त्रणमा लिएर उक्त वस्तु डिस्पोज गरिएको हो।

विराटनगर -३ भुपि मार्गमा भेटिएको कालो टेपले बाँधिएको प्रेसरकुकर भित्र २७ डेटुनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ । भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्