सरस्वती पूजामा अश्लील गीत नबजाउन माग

<span class='c1'>सरस्वती पूजामा अश्लील</span> <span class='c2'>गीत नबजाउन माग</span>

विराटनगर । हिन्दु सम्राट नेपालले सरस्वती पूजाको दिन अश्लील गीत नबजाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सम्राटले ज्ञापनपत्र बुझाएर अश्लील गीत र कपडा नलगाउन आग्रह गरेको हो ।

फागुन २ गते बुधबार सरस्वती पुजा रहेको छ । विद्यालय, मठमन्दिर धार्मिक स्थलहरुमा अश्लील गीत नबजाउन र साधारण पोशाक लगाउन आग्रह गरिएको छ ।

हिन्दु सम्राट नेपाल मोरङका संयोजक प्रियांशु कुमार कर्णले विगत केही वर्षदेखि विभिन्न शिक्षण संस्थामा समेत दोहोरो अर्थ लाग्ने गीतहरु बज्ने गरेको बताए । उनले यसलाई रोक्का लागि स्थानीय प्रशासनसँग आग्रह गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्