मारिया किड्स मन्टेश्वरी स्कुलले मन्टेश्वरी शिक्षामा फड्को मार्दै

मारिया किड्स मन्टेश्वरी स्कुलले मन्टेश्वरी शिक्षामा फड्को मार्दै

विराटनगर। बुढीगंगा गाउँपलिका १ स्थित पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले विद्यार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप बनाउँदै आएको छ ।

२०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हेरचाहका साथ बालबालिकाको पठनपाठनमा मन्टेश्वरी विधि तथा पद्धति अंगाल्नुका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, सङ्गीत, योगा मेडिटेसन, नाटक लगायतका छुट्टाछुट्टै कक्षाहरु सञ्चालन गर्दै आएको स्कुलका प्रिन्सिपल मनिष पोखरेलले बताए।

अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखी बालबालिकाहरुलाई वर्षमा कम्तिमा ३ देखि ४ पटकसम्म विभिन्न पार्क तथा ऐतिहासिक स्थानको भ्रमण समेत गराउने गरेको स्कुलले जनाएको छ।

बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै समयसमयमा बालरोग विशेषज्ञबाट स्वास्थ्य जाँच गराउने गरेको र डाक्टरको सल्लाहमा आधारित स्वस्थकर खाना, खाजाका साथै समयानुसारको फलफूल र बाह्रै महिना उमालेको पानी खुवाउने गरेकोको कुरा स्कुलका प्रिन्सिपल पोखरेलको दाबी छ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रत्येक महिना अभिभावक मिटिङ गराएर छ्लफलमा अभिभावकबाट आएका उचित सुझावलाई आत्मसात् गर्ने गरेको छ।

बालबालिकाहरुको दैनिक गतिविधिहरुका बारेमा अभिभावकलाई तत्काल जानकारी गराउनु पर्ने कुराहरु जानकारी गराउने गरेकाले यस कार्यबाट अभिभावकहरुले खुसी व्यक्त गर्ने गरेको कुरा स्कुलकी प्रोग्राम को- अर्डिनेटर तथा लेखा प्रमुख सिर्जना आचार्यले जानकारी दीइन।

नयाँ शैक्षिक सत्र वार्षिक एकमुष्ट शुल्क बुझाउँदा आकर्षक छुटको व्यवस्था समेत रहेको विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थीहरुका लागि आवश्यक पर्ने जुनसुकै कार्यक्रम गर्न र बदलिदो युग बमोजिमको शिक्षा प्रदान गराउन विद्यालय हर्दम तयार रहने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जि.पि. चुडालले बताउछन।

शैक्षिक सत्र २०८१ सालका लागि वसन्त पञ्चमीको अवसरमा नि:शुल्क भर्ना खुल्ला गरिएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्