प्रेमले फेरिएको ‘सुम्निमा’ को जीवन

<span class='c1'>प्रेमले फेरिएको ‘सुम्निमा’</span> <span class='c2'>को जीवन</span>

सुजता लिम्बू
विराटनगर । सुम्निमालाई अहिले थाहा छैन प्रेमको रंग र भोगाईको अनुभव । तर, उनी हुर्किदै गरेको छहारी र जोडिएको सम्बन्धहरुमा नमेटिने प्रेमको रंग बसिसकेको छ ।

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस केवल प्रेमिल जोडिहरुका लागि मात्रै नहुँदो हो । यो डे प्रेम पाएर जीवन परिवर्तन भएकोहरुका लागि पनि उत्तिकै ‘स्पेसल’ हुँदो हो । त्यसैले त ‘सुम्निमा मानव’ मानवसेवा आश्रमको मुटु बनेकी छिन् । र, सुम्निमाका लागि मानवसेवा आश्रम र त्यहाँ आश्रीत सम्पूर्ण संसार बनेको छ । उनी आश्रम प्रवेश गर्दै गर्दा ७ महिनाकी मात्रै थिइन् ।

आमा अर्धचेत अवस्थामा भएकाले उनले आमाको ममता पाउन सकिनन्। तर मानव सेवामा आवद्ध सम्पूर्णको प्रेम र सद्धभाव भने जस्तै पाएकी छिन् । उनको जन्मदिन पनि माघ २९ गते सम्पन्न भएको छ । अहिले उनी ६ वर्षकी भइन् ।

७ महिनाको हुँदा आश्रममा भित्रिएकी सुम्निमा अहिले सबैको दिल र दिमागमा जरा गाडेर बसेको मानव सेवा आश्रम कोशी प्रदेशका संयोजक नवराज केसी बताउछन् । ‘सुम्निमाको ममि अर्धचेत अवस्थामा हुनुहन्थ्यो, हामीले उहाँहरुलाई यहाँ ल्याउदा सुम्निमा ७ महिनाको हुनुहुन्थ्यो, त्यो समयदेखि नै उहाँ हाम्रो जीवनको महत्वपुर्ण अंग बन्नुभएको छ ।’ उनले सुनाए,‘ उहाँ त हाम्रो यो आश्रमको गहना बन्नुभएको छ।’

त्यसो त सुम्निमाले आफू मात्रै प्रेम पाएकी छैनन् । उनले पनि सबैलाई प्रेमको गहिराइमा डुबाएकी छिन् । हरेक तनाव मुक्त गर्ने औषधिको रुपमा सुम्निमालाई लिने गरेको आश्रमका प्रतिनिधिहरु बताउछन् । उनीहरु भन्छन्,‘थकान, विभिन्न तनावहरु आइहाले पनि उनको अनुहार देखेपछि हामी सबै भुल्छौँ ।’

उमेरसँगै फेरिएको सुम्निमाको स्वभाव, स्कुलबाट सिकेर आएको सिकाइहरु हेर्दा विस्तारै आश्रमको आँगनमा पे्रमिल फुल फुले झैँ महसुस हुने गरेको नवराज सुनाउछन् । सुम्निमा अहिले लिलिपुट स्कुलमा युकेजीमा अध्ययनरत छिन् ।

उनलाई विद्यालयका प्रिन्सिपल चिरन्जिवि तिम्सिनाले नि:शुल्क अध्यापन गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्