विराटनगरका एक सय ९५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री

<span class='c1'>विराटनगरका एक सय ९५</span> <span class='c2'>जना विद्यार्थीलाई शैक्षिक सामाग्री</span>

विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङ र श्री पोखरीया माविको संयुक्त आयोजनामा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

११ औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा आयोजित स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।

विराटनगर १ मा रहेको सयपत्री आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयका १९५ जना विद्यार्थीलाई ४ थान कपी,पेन्सील,डटपेन वितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङका अध्यक्ष दिनेश पन्तले जानकारी दिए।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण भट्टराई,पोखरीया माविका प्रिन्सिपल खेम भट्टराई,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतम लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्