ट्याङकरको प्रयोग गरेर गाँजा ओसार पसार गर्ने ४ जना पक्राउ

ट्याङकरको प्रयोग गरेर गाँजा ओसार पसार गर्ने ४ जना पक्राउ

धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौकमा मुलघाटबाट बिराटनगरतर्फ जादै गरेको को. १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई रोकेर चेकजाँच गर्दा उक्त ट्याङकरको तेल लगाउने डिब्बा भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ सय ९४ के.जी. लागुऔषध गाँजा फेला परेको थियो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न भारत अररियाका ४४ बर्षीय नईम खान, सह-चालक एम.डि. अफ्रोज ट्याङकरमा सवार ७० बर्षीय लखन महत्तो र रंगेली नगरपालिका- ७ मोरङका ७० बर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्