विराटनगरको पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता

विराटनगरको पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुबा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुबा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यार्थीका अभिभावकहरूको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम बिन्जु पराजुली, द्वितीय प्रिती राई, तृतीय कोपिला कार्की भएकी छिन् । यसैगरी सान्त्वना सुमित्रा राजवंशी, कल्पना घिमिरे, मेनुका जोगी, अनिशा जोगी रविना राई भइन् ।

अभिभावकहरूमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले पूर्वाञ्चलले पहिलो पटक नौलो प्रकारको कार्यक्रम आयोजना गरेको हो । ‘यस्तो प्रतियोगिताले विद्यार्थीको मात्र होइन अभिभावकहरुको पनि लुकेको प्रतिभा उजार गर्छ,’ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले भने, ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै संस्कार र सीपसहितको शिक्षा दिइरहेको छ । त्यसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरू पनि गराइदै आएको छ। अभिभावकहरुको प्रतिभा पनि खोजी गरिन यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।’ प्रतियोगितामा भाग लिएका अभिभावकहरुले आफ्नो रुची अनुसार गीत र नृत्य प्रस्तुत गरेका थिए ।

विजयी हुने अभिभावकहरुलाई पुरस्कार वितरण विराटनगर १३ का वडाअध्यक्ष सुर्यलाल यादव र स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्