२०८१ सालका बिदा सार्वजनिक

<span class='c1'>२०८१ सालका</span> <span class='c2'>बिदा सार्वजनिक</span>

काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ ।

यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको बिदा पाउँछन् । शिक्षण संस्थाहरूमा वसन्त पञ्चमीमा थप बिदा हुन्छ । काठमाडौं उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ । यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन अपाङ्गता भएका कर्मचारीहरूले बिदा पाउँछन् । त्यसैगरी आउँदो वर्ष वर्षभरिका शनिबार बिदा ५३ दिन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्