विराटनगरमा विशेष काव्य गोष्ठी सम्पन्न

विराटनगरमा विशेष काव्य गोष्ठी सम्पन्न

विराटनगर । सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगर ७ ले सरस्वती पूजाको दिन पारेर विशेष काव्य गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य श्रवण गर्दै विशेष काव्य गोष्ठी सम्पन्न भएको हो।

काव्य श्रवण गराउन काव्य प्रेमीहरुमा कृष्णप्रसाद गुरागाई , राधिका गुरागाई, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’ हरि बराल, निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराई, लक्ष्मी रायमाझी खडका, प्रिन्स प्रमोद कुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा, बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत खतिवडा, दीपा हुमागाईँ, पूर्णिमा सहनी, शुशिला भट्टराई, प्रमिला प्याकुरेल, पुष्पा बोगटी, आदिले कविता वाचन गरेका थिए ।

पाज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको काव्य गोष्ठीको मूल पूजा समारोहका सभापति नारायण प्रसाद पोखरेलको सभापतिमा भएको थियो।

प्रत्येक वर्ष सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी गर्ने सरस्वती मन्दिर पूजनोत्सव मूल समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्