झापाको बाहुनडाँगीदेखि–उदयपुरसम्म हात्तीमैत्री पदयात्राको तयारी

झापाको बाहुनडाँगीदेखि–उदयपुरसम्म हात्तीमैत्री पदयात्राको तयारी

विराटनगर । कोशी प्रदेशमा हात्ती प्रभावित क्षेत्र बढ्दै गएपछि सरकारले नागरिकसँग सुझावका लागि संवाद पदयात्रा गर्ने तयारी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एकसातासम्म हात्तीमैत्री पदयात्रामा सरिक हुने गरि पर्यटन वन तथा वातावरण मन्त्रालयले कार्यक्रम तय गरिरहेको छ ।

आगामी फागुन ९ गतेदेखि झापाको बाहुँनडाँगीदेखि उदयपुरको बेलका चौकसम्मको २४० किलोमिटर दुरीमा पैदल यात्रा गरिने छ । पर्यटन प्रवद्र्धन तथा प्रकृति संरक्षणका लागि हात्तीमैत्री पदयात्रा दिइएको कार्यक्रमको तयारी भईरहेको मन्त्रालयका प्रवक्ता अखिलेस कुमार गुप्ताले जानकारी दिएका छन् । कार्यक्रमको पूर्ण तयारी भने भईसकेको छैन । हात्ती करिडोरको रुट, दैनिक पैदलयात्राको दुरी र वासस्थान, प्रभावित क्षेत्रका नागरिकसँगको कुराकानीको वातावरण बारे अहिले कार्यक्रमको पूर्ण खाका तयार भईनसकेको मन्त्रालयका प्रवक्ता गुप्ताको भनाई थियो ।

पैदलयात्रा हात्ती करिडोरमा हुनेछ । त्यसमा मुख्यमन्त्रीले केदार कार्कीसहित विभागिय मन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिवसहितका टोलिले प्रभावित क्षेत्रका नागरिकको गुनासो, सुझाव प्रत्यक्ष सुनेर आगामी योजना निर्माण गरिने छ । हात्ती करिडोरको रुपमा झापाको पूर्वी दक्षिण कचनकवल, हल्दीवारी गापादेखि भद्रपुर नगरपालिका हुँदै उत्तर पूर्वको बाहुनडाँगी सम्मको १ सय ५२ किलोमिटर दुरीलाई निर्माण घोषणा गरिएको थियो । त्यस अन्तर्गत केहि काम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्