विराटनगर भन्सारद्वारा बेरुजु उठाउन ५११ एक्जिम कोर्ड बन्द

विराटनगर भन्सारद्वारा बेरुजु उठाउन ५११ एक्जिम कोर्ड बन्द

विराटनगर । विराटनगर भन्सार कार्यालयले बेरुजु रकम असुली गर्न ५११ वटा निकासीपैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरेको छ ।

महालेखाको प्रतिवेदन अनुसा ४५ करोड रुपिँया बेरुजु फस्र्यौट हुपर्ने देखिएपछि भन्सार कार्यालयले व्यवसायीमाथि दवाव बढाउन एक्जिम कोर्ड बन्द गरिदिएको हो ।

अभियान नै सञ्चालन गरेर राजस्व असुल्न थालेको भन्सार कार्यालयले ३ करोड ५० लाख बेरुजु फस्र्यौटबाट राजस्व जम्मा भएको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०६९\२०७० देखि हालसम्मको ४५ करोड रुपिँया बेरुजुको भार कार्यालयलाई रहेको छ ।

भन्सार कार्यालयले बेरुजु उठाउन अभियान सुरु गरेर उद्योग र प्रतिष्ठानका गरी ५११ वटा निकासीपैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरेको हो । एक्जिम कोड बन्द गरिदिएपछि आयातनिर्यातमा समेत स्वतः रोक लाग्दछ । व्यवसायीले आयातनिर्यातका लागि भन्सार कार्यालयबाट उद्योग वा प्रतिष्ठानका नाममा एक्जिम कोड लिनुपर्ने अनिवार्य कानुनी व्यवस्था छ ।

विराटनगर भन्सार कार्यालयमा २ हजार ४०० दर्ता एक्जिम कोडमध्ये १ हजार २०० एक्जिम कोडबाट आयातनिर्यात भइरहेको छ । जसमध्ये ५११ बन्द गरिदिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्