विराटनगरमा चलचित्र ‘सुगुप’ प्रिमियर हुने

<span class='c1'>विराटनगरमा चलचित्र ‘सुगुप’</span> <span class='c2'>प्रिमियर हुने</span>

विराटनगर । लिम्बू समुदायको सांस्कृतिक कथामा आधारित चलचित्र 'सुगुप' विराटनगरमा पनि प्रिमियर गरिने भएको छ ।

आगामी फागुन २८ गते सोमबार सेन्ट्रल मलमा प्रिमियर हुने भएको निर्माण पक्षले जनाएको छ ।

लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म विराटनगरमा पनि प्रदर्शनी गरिने भएको हो ।

लोकेन साँवाको निर्देशनमा बनेको फिल्ममा , विराटनगरकी सुम्निमा खापुङ प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ लिम्बु लगायतको अभिनय रहेको छ। देबेन्द्र खापुङको पटकथा रहेको सुगुपको प्रस्तुतकर्ता रबिनकुमार नाल्बो हुन् । फिल्मको छायाँकन युवराज राईले र सम्पादन बिपिन मल्लले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्