विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो ।
केही दिन अगाडि सम्पन्न भएको १२ औं संस्करणको हिसान स्पोट्र्स मिटमा अर्किड कलेजका बिद्यार्थीले विभिन्न खेलमा ७ वटा गोल्ड मेडल जितेको थियो । जसमा छात्र–छात्रा फुटबल, कबडि छात्र, भलिबल छात्रा, रनिङ १००– २०० मिटर दुबैमा गोल्ड मेडल जितेको थियो । यस्तै २०० मिटर छात्रामा पनि अर्किड कलेजले गोल्ड मेडल जितेको थियो ।
हिसानमा जम्मा १३ वटा गोल्ड मेडल मध्ये ७ वटा गोल्ड मेडल अर्किडले जितेको थियो । गोल्ड मेडल ल्याउने बिद्यार्थीहरूलाई कलेजले विशेष सम्मान गरेको हो ।
यसैगरी मेडिकलमा ४ जना, इन्जिनियरिङ ५ जना बिद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । मेडिकलमा गणेश पन्डित, शिवनान्द साह, इतेचु रुम्बा र गार्गि पन्डितले पुर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकालेका छन् । यस्तै इन्जिनियरिङ तर्फ गौरव राई, बिकल्प भट्टराई, रघुराज मण्डल र रविन कट्टेल रहेका छन् । यस्तै पब्लिक हेल्थमा बिष्णुकुमार साहले पूर्ण क्षात्रबृत्तिमा नाम निकालेका थिए । उनीहरूलाई पनि कलेजले सम्मान गरेको छ । आन्तरिक परीक्षामा पनि उत्कृष्ट हुनेलाइ नगदसहित सम्मान गरियो ।
सम्मानित हुने विद्यार्थीहरुललाइ हिसान मोरङका अध्यक्ष अमित ढकाल, हिसान प्रदेशका सचिब दिपेश बास्तोला, स्कुलका प्रिन्सपल सिएम श्रेष्ठ, कलेजका निर्देशक मनिष भट्टराईलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै हिसान कोशी प्रदेशको सचिब तथा कलेजका प्रिन्सिपल बास्तोलाले अर्किडले खेलकुद क्षेत्र लाई उच्च प्राथामिकतामा राखेको कारणले सफलता हात पारेको बताए ।