पेट्रोलियम पदार्थको मूल्य बढ्यो

<span class='c1'>पेट्रोलियम पदार्थको</span> <span class='c2'>मूल्य बढ्यो</span>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्