दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि पोखराको सरस्वती आर्दशलाई

<span class='c1'>दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्यको</span> <span class='c2'>उपाधि पोखराको सरस्वती आर्दशलाई</span>

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि देशभरीको विद्यालयलाई पछि पार्दै सरस्वती आर्दश विद्या सदन स्कुलले जितेको हो ।

प्रतियोगिताको द्धितीय कोशी प्रदेशको मोरङबाट सुविजिमुर मेमोरियल स्कुल, तृतीय बाग्मती प्रदेशको इलेन मेमोरियल स्कुल, सान्तवना मधेश प्रदेशको गोल्डेन फ्युचर एकाडेमी र कणर्ालीबाट सिद्ध पाइलो स्कुल भएको छ । प्रतियोगिताको निणर्ायकहरुमा प्रकाश तुलाधर, शान्ता कठायत र भानु सिटौला रहेका थिए ।

उक्त प्रतियोगितामा पाँच वटा प्रदेशको विद्यालयहरुको सहभागिता रहेको थियो । प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगनाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्