विराटनगर । विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।
स्कुलमा अध्ययरत विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु फन फेस्टामा राखेका थिए । उनीहरुले स्कुलमा पढाइसँगै सिकेका ज्ञानका कुराहरु फन फेस्टामा राखेका हुन् ।
त्यसैगरी विद्यार्थीहरुले विज्ञान प्रर्दशनी पनि राखे । स्कुलमा अध्ययरत विद्यार्थीहरुले विज्ञानसँग सम्बन्धी विभिन्न बस्तुहरु प्रर्दशनीमा राखेका थिए । फन फेस्टामा खानाको परिकारको साथै पेन्टिङ्ग, चित्रकलाल र साँस्कृतिक कार्यक्रम पनि आयोजना गरे ।
सोही अवसरमा विद्यालयले जेहन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने ५१ विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । प्रथम हुने विद्यार्थीहरुलाई पूणर् छात्रवृत्ती, द्धितीलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ती दिने गरिएको स्कुलले जनाएको छ । उक्त छात्रवृत्ती प्रत्येक वर्षको शैक्षिक शत्रमा दिने गरेको छ । छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई स्कुलका भाइस प्रिन्सिपल निकिता तम्रकार, विद्यालयका शिक्षक र शिक्षीकाहरुले पुरस्कार प्रदान गरेका थिए ।
फन फेस्टाको उद्घाटन कोशी प्रदेशका सांसद अमृत आर्यालले गरे । उनले कार्यक्रममा बोल्दै संस्कार र सिपसहितको शिक्षा विद्यालयले दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिल केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै संस्कारसहितको रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत पनि प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।