बुढीगंगाको जेभिर्यस स्कुलले वार्षिकोत्सव मनायो

<span class='c1'>बुढीगंगाको जेभिर्यस स्कुलले</span> <span class='c2'>वार्षिकोत्सव मनायो</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक भेला मनाएको हो ।

उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गरे । कार्यक्रममा बोल्दै उनले प्रविधिसहितको सीपमुलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारयण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कठिबद्ध भएर लागि परेको बताए । विद्यार्थीहरुलाई प्रविधिसहितको रोजगारमुखी शिक्षा दिएर विद्यालय अगाडी बढेको उनले बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

जेभिर्यस स्कुलमा कक्षा १२ सम्म ९ सय जना विद्यार्थी अध्ययरत रहेका स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्