विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत रहने गरी युवा कमिटि पनि गठन गरेको हो ।
तेली युवा कल्याण समाज मोरङका अध्यक्षमा सिद्धार्थ साह रहेका छन् । साह लियो अन्तराष्ट्रिय ३२५ सि का पुर्व अध्यक्ष पनि हुन् । उनको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिका उपाध्यक्षमा दिलिप कुमार साह र आशिष कुमार साह, सचिवमा नितेश कुमार साह रहेका छन् । कोषाध्यक्ष, सह–सचिव र एक जना महिला सदस्य पछि मनोनित गर्ने गरि सदस्यहरुमा कुन्दन साह, शुभम कुमार साह, शिवनारायण साह र आनन्द साह मनोनित भएका छन् ।
यसैगरी बेलबारी नगरपालिका भित्र पनि तेली कल्याण समाज गठन भएको छ । वेलवारीमा हाडवेयर व्यवसायी राजेश कुमार साहको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा ईन्जिनियर सुजित कुमार साह, सचिवमा राधेश्याम साह, सह–सचिवमा कोशिला साह, कोषाध्यक्षमा राजेश साह छन् । सदस्यहरुमा प्रकाश साह, दिनेश साह, पवन साह, सत्यनारायण साह, शैलेन्द्र साह, गरिव साह, सञ्जय साह, सुरज साह, पर्ण प्रसाद साह र ईन्जिनियर सुजित साह छन् ।
तेली कल्याण समाज नेपालका मोरङ जिल्ला अध्यक्ष डा। बालकृष्ण साहको अध्यक्षतामा बसेको दुवै भेलामा जिल्ला सहसचिव सन्तोष साह, सदस्यहरु गणेश साह, सत्रुधन साह, विराटनगर महानगरका अध्यक्ष सञ्जय कुमार साह, विराटनगर सचिव जगत लाल साहु, विराटनगर ८ का अध्यक्ष अलिपचन सुरज साह लगायत २५ जना युवाहरुको उपस्थिति रहेको थियो । बेलवारी वार्ड नम्बर ९ मा भएको भेलामा ५० जनाको उपस्थिति थियो ।