विराटनगर–१३ मा सँधियारबीचको बाटो विवाद : उच्च अदालतको आदेश अवज्ञा गर्दै विस्तार जारी

विराटनगर–१३ मा सँधियारबीचको बाटो विवाद : उच्च अदालतको आदेश अवज्ञा गर्दै विस्तार जारी

विराटनगर । विराटनगर–१३ का वडा अध्यक्ष सुर्यलाल यादवले उच्च अदालत विराटनगरको अल्पकालिन अन्तरिम आदेश अवज्ञा हुनेगरि विवादीत जग्गामा सडक विस्तार तथा नाला निर्माणको काम गरेका छन् । बाटोको विषयमा सँधियारबीच भएको विवाद महानगरपालिकाको न्याययिक समिति हुँदै जिल्ला अदालत र उच्च अदालतसम्म पुगेको थियो ।

विराटनगर–१३ सैनिक टोलस्थित त्रिपुरा झाले बाटो कायम गराउँदा दुवैतर्फका जग्गाधनीबाट बराबरी हुनुपर्ने माग गर्दै उच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्च अदालतले फागुन १ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्दै उपभोक्ता समितिका अध्यक्ष दिनेश राई, वडा कर्यपालिकाको कार्यालय र सँधियार लालप्रसाद बैश्य (बाटो उत्तरतर्फ), केदार चौधरी (पश्चिमतर्फ) समेतलाई छलफलका लागि फागुन ८ गतेलाई पेशी तोकेको थियो ।

उच्चले अन्तरिम आदेश जारी गर्दै पक्ष र विपक्षीलाई आगामी फागुन ८ गते सोमबार छलफलका लागि बोलाएको थियो । वडा अध्यक्ष यादवले भने उच्च अदालतको आदेश विपरित विवादितस्थानमा बाटो विस्तारको काम  धमाधम गरिरहेका हुन् ।
यद्यपी उनले विवादित सँधियार बाहेकको क्षेत्रमा बाटो विस्तारको काम गरिरहेको दावी गरेका छन् । उनले स्थानीयस्तरमा रहेको विवाद न्यायिक समिति, जिल्ला अदालत र अहिले उच्च अदालतसम्म पुगेको अवस्थामा स्थानीय जनप्रतिनिधिले विचार पु¥याएरै काम गर्नुपर्ने आफूले महसुश गरेको दावी गरेका छन् ।

यस अगाडी सँधियारबीच बाटो विस्तार गर्ने विवाद न्यायिक समितिले आदेश गरिसकेको छ । आदेशमा वादी त्रिपुरा झाले भोजचलन गर्दै आएको दक्षिणतर्फको जग्गा बाटोमा लिइएको भन्दै दुवैतर्फबाट कायम गराउन भनिएको थियो । न्यायिक समितिको आदेशमा चित्त नबुझेपछि विपक्षीमध्ये सुनिलकुमार महतोले मोरङ जिल्ला अदालतमा दायर गरेको रिट खारेज भएको थियो । त्यसपछि महतोले २०८० पुस १ गते सँधियार त्रिपुरा झालाई विपक्षी बनाउँदै जग्गा खिचलो मुद्दा दर्ता गरेका थिए । यो मुद्दा विचराधिन नै रहेको छ ।

सँधियारबीच विवादको फेहरिस्त चलिरहेको बेला वडा अध्यक्षले आफैं प्रतिवादी भएको मुद्दामा उच्चले दिएको अन्तरिम आदेशको अवज्ञा गर्दै सकड विस्तार तथा नाला निर्माणको काम जारी राखेको ऋषि झाले जानकारी दिए । ऋषि झा वादी त्रिपुरा झाका छोरा हुन् । ऋषिका अनुसार साविक ८ फुटको बाटो कायम भएको थियो । तर, अहिले १६ फिट बनाएर एकातर्फको मात्रै व्यक्तिगत जग्गा ओगटिन खोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्