अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाई ८३ रनबनाएको थियो । जस्मा अविशेक यादवले सर्वाधिक २५ रन बनाए । मदरल्याण्डका विरजल राजवंशीले ४ विकेट लिँदा खेमराज हमालले ३ विकेट लिए । ८४ रनको लक्ष्य पछ्याएको मदरल्याण्डले १२ दशमलव ३ ओभरमा सबै विकृट गुमाई ३५ रनमा सिमित भयो । मदरल्याण्डका कुनू पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीका म्यान अफ द म्याच अविशेक यादवले ४ विकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनाराणले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५६ रनको योगफल तयार पारेको थियो । जस्मा सलमान कामतले सर्वाधिक ४९ रनको योगदान दिए । महेन्द्रका शिभम झाले ४ विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पाएको महेन्द्रले १७ ओभरमा सबै विकेट गुमाई ७३ रनमा सिमित भयो । जस्मा शिभम झाले सर्वाधिक २९ रन बनाए । सत्यनारायण स्कुलका म्यान अफ म्याच सलमान कामतले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्