विराटनगरमा युएस–नेपाल हिप-हप कोलाब कन्सर्टमा हुने

विराटनगरमा युएस–नेपाल हिप-हप कोलाब कन्सर्टमा हुने

विराटनगर । हिप-हप संगीतको ५० औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले हिप-हप कोलाब कन्सर्टको आयोजना गर्ने भएको छ।

दूतावासले 'खुलौं, बोलौं' कार्यक्रम अन्तर्गत विराटनगरको सेन्ट्रल मलमा फागुन ९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कन्सर्टको आयोजना गरेको गर्ने भएको हो।

हिप-हप संगीतमार्फत सामाजिक परिवर्तन र अल्पसैंख्यक समुदायको अधिकारका लागि कलालाई शक्तिशाली उपकरणका रुपमा प्रयोग गरोस् भन्ने उद्देश्यसहित दूतावासले यस्तो कार्यक्रम आयोजना गरेको हो । युवालाई कलामार्फत् स्वतन्त्र रुपले अभिव्यक्त हुन्, दुई देशको सँस्कृति र सम्बन्धलाई आदन-प्रदान गर्न दूतावासले चार अमेरिकी कलाकारलाई नेपाल बोलाएको छ ।

विराटनगर र काठमाडौंमा 'युएस नेपाल हिप-हप कोलाब' कन्सर्ट गर्ने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्