विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ भव्य रुपमा सम्पन्न

विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ भव्य रुपमा सम्पन्न

विराटनगर । विराटनगर– ५ मा एभरेष्ट स्कुलले आयोजना गरेको ‘एभरेष्ट कार्निभल २.०’ विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ ।

फागुन ५ गतेदेखि सुरु भएको कार्निभल सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।

एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । अभिभावकलाई सम्बन्धित परियोजनाहरुको विषयमा जानकारी गराउँदै विभिन्न खेल खेलाएर मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यार्थीहरुले रोबर्ट, अटोमेटिक सेन्सरयुक्त कारदेखि लिएर एण्टि थेप्ट साइरन, आगलागि सम्बन्धि जानकारी दिने उपकरण जस्ता उपकरणहरु प्रर्दशनीमा राखिएको थियो ।

विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए ।
बालबालिकाका विभिन्न परियोजना कार्यहरु, सांस्कृतिक कार्यक्रम र गायन, तथा नृत्य हेर्दा एभरेष्ट स्कुलले बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिएको उपस्थित अभिभावकहरुले बताए ।

एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकालाई संस्कारयुक्त बनाउनुपर्ने बताउनुभयो । कार्निभल २.० को कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले अभिभावकहरुसँग आग्रह गर्दै भन्नुभयो , ‘हाम्रा बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्छ, त्यसैले मेरो अभिभावकसँग आग्रह छ, हामी पनि मेहनत गर्छौं तपाईहरुको पनि सहयोग रहोस् ।’ विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै पुरीले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह समेत आग्रह गर्नुभयो ।

बालबालिकालाई नैतिकवान बनाउन कक्षा ६ देखि ९ सम्म नैतिक शिक्षाको पाठ्यक्रम नै तयार गरेर अध्यापन समेत गराउँदै आएको समेत उहाँले बताउनुभयो। विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको आवश्यकता महशुष गर्दै भौतिक संरचनासहित सुविधा सम्पन्न शिक्षणसंस्थाको रुपमा एभरेष्टलाई स्थापित गरेको स्कुलले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रमा महत्वूर्ण योगदान गरेको भन्दै युग सापेक्ष सबैले रुपान्तरित हुँदै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, सहप्राचार्यद्वय टीएन भण्डारी, नारायण कडरियाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्