कुकुर मार्न अधिकारले दिदैन, बाख्रा मार्न भने छोड्दैन

<span class='c1'>कुकुर मार्न अधिकारले दिदैन,</span> <span class='c2'>बाख्रा मार्न भने छोड्दैन</span>

विराटनगर । विराटनगर–१२ मा कुकुरले बाख्रा मारेर हैरान पारेको छ ।

यस अगाडी विराटनगर–१२ गणेश मन्दिर आसपासका घरहरुमा पालेका बाख्रालाई टोकेर मार्ने अनि खाने गरेका कुकुरले मंगलबारे टोलमा पुनः बाख्रा मारेको छ ।

बारम्बार बाख्रा खाने गरेका कुकुरको महानगरपालिकाको नगर प्रहरीले खोजी गरेपनि पक्रन सकेन । त्यसपछि केहि समय रोकिएपनि पुनः कुकुरले बाख्रा मारेर खान थालेको छ । यस अगाडी स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले मारेर पुसमा खाएको थियो ।

असोजदेखि यता ७–८ वटाको संख्यामा बाख्रा मारेको कुकुर फेरी पल्किएको हो । पशु अधिकारको संरक्षणका हिसाबले कुकुर मार्न पाइदैन । तर, पशु अधिकारको संरक्षण गर्दागर्दै बाख्रा मारेर भने हैरान बनाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्