कोशी अस्पतालको बेथिती रोक्न कर्मचारी यूनियनको ध्यानाकर्षण

कोशी अस्पतालको बेथिती रोक्न कर्मचारी यूनियनको ध्यानाकर्षण

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भन्दै यसलाई सच्याउनु पर्ने माग गरिएको हो ।

तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनाले अस्पतालमा कार्यरतहरुको मनोबल गिराएको आरोप लगाइएको छ । कर्मचारी यूनियनका अध्यक्ष डा.रोशन खड्काले विकास समिति अध्यक्ष डा.फरवार्ड सिग्देल र अस्पतालका मेडिकल सुपरिेटेन्डेन्ट डा.चन्द्रभाल झालाई १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

नियमित कार्यरत करार र ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई वेवास्ता गरी सूचना प्रकाशित गरिएकोमा ध्यानाकर्षण गराइएको छ । यस अघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई उक्त प्रकाशित सूचनाले समेट्न नसक्ने बताउँदै कार्यरतहरुको व्यवस्थापनमा पहल लिन आग्रह गरिएको छ । अस्पतालवाट प्रकाशित कर्मचारी छनौट सम्बन्धि सूचनामा एकरुपता नदेखिएको बताउँदै एउटै सूचनामा प्रकाशित पदहरु लिखित र अन्तबार्ताबाट पदपूर्ति गर्ने भनिएको र केहि पदहरुका लागि अन्तवार्ता मात्र गर्ने भनिएकोले असमानतालाई संसोधन गर्न माग गरिएको छ ।

यसैगरी दरवन्दी बिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटिको रोक्न र सेवा सञ्चालनमा ध्यान दिन आग्रह गरिएको छ । कर्मचारीहरुका विचमा विभेद र विभाजन गर्ने काम भईरहेको भन्दै त्यसमा ध्यानाकर्षण गराइएको छ ।
यूनियनले कोशी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोदार्थ दिएको । अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी सूचना जारी गरेको भन्दै आलोचना समेत भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्