बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु

<span class='c1'>बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा</span> <span class='c2'>एकजना युवकको मृत्यु</span>

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् ।

उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्