विराटनगरका बिकेन थापा आइटीटीएफ फाउण्डेसनको प्रोमोटरका रुपमा चयन

<span class='c1'>विराटनगरका बिकेन थापा आइटीटीएफ</span> <span class='c2'>फाउण्डेसनको प्रोमोटरका रुपमा चयन</span>

विराटनगर । विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा विश्व टेबल टेनिस दिवस २०२४ को लागि आइटीटीएफ फाउण्डेसन जर्मनीद्वारा प्रोमोटरका रुपमा चयन भएका छन्।

अमेरिका, अफ्रिका, एशिया र युरोपबाट लगभग २०० ओटा आवेदन मध्येबाट जम्मा ३२ जना आवेदकमा पर्दै थापा छनौट भएका हुन्।

अप्रिल २३ मा विश्वभरी आइटीटीएफ फाउण्डेसनको सहयोगमा वा स्वतस्फुर्त रुपमा विश्वभरी विभिन्न प्रवर्धनात्मक कार्यक्रम वा प्रतियोगीताहरु गरेर विश्व टेबल टेनिस दिवस मनाइन्छ । फाउण्डेसनद्वारा छनौटमा परेका क्लब र प्रोमोटरलाई फाउण्डेसनले आर्थिक, खेल सामाग्रीका साथै टुलकिटहरु पठाएर कार्यक्रमका लागि सहयोग गर्ने गरेको छ ।

प्रोमोटरका रुपमा तेस्रो पटक छनौट भएको विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा बताउछन। यस भन्दाअघि उनले सन् २०२१, सन् २०२३ र यसबर्ष गरि तीन पटक आइटीटीएफ फाउण्डेसनको सहयोग प्राप्त गरि सकेका उनी सुनाउछन।

त्यसैगरी टेबल टेनिसको सर्वोच्च संस्थाबाट पनि उनले सहयोग प्राप्त गरि महिला लक्षित तालिम कार्यक्रम असम ब्लसम्स फेम्पावरमेन्ट थ्रु टेबल टेनिस, माइ जेन्डर माइ स्ट्रेन्थ र आइटीटीएफ ट्यालेन्ट आइडेन्टिफिकेसन जस्ता कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरिसकेका छन् ।

आइटीटीएफ फाउण्डेसन र आइटीटीएफका विभिन्न खाले कार्यक्रमहरु नेपालमै सबैभन्दा बढी प्राप्त गर्ने क्लबमा बिटीटीसी सबैभन्दा अग्रणीमा पर्न सफल भएको थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्