विराटनगरको जुट मिल्समा आगलागी ,४ घण्टापछि नियन्त्रणमा

<span class='c1'>विराटनगरको जुट मिल्समा आगलागी</span> <span class='c2'>,४ घण्टापछि नियन्त्रणमा</span>

विराटनगर । लामो समयदेखी बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा मंगलबार राति अचानाक आगलागी भएको छ ।

विराटनगर –१६ रानीमा रहेको नेपालको पहिलो उद्योगको रुपमा रहेको जुट मिल्समा राति ९ बजे तिर अचानक आगलागी भएको हो । आगलागी के कारणले लागेको तत्काल खुल्न सकेको छैन ।

विगत लामो समयदेखी बन्द अवस्थामा रहेको जुट मिल्शको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’मा अचानक आगलागी भएको सुरक्षागार्डले थाहा पाएपछी नजिकै रहेको
सशस्त्र प्रहरीलाई खबर गरेका थिए । जुटका बोरा बनाउन प्रयोग गरिने धागो अन्तिम रूप दिने डिपार्टमा आगलागी सुरु भएपछि स्थानीयवासी, सशस्त्र प्रहरी, ईलाका प्रहरी रानी र विराटनगरको बारुणयन्त्रले आगलागी नियन्त्रण गर्न झन्डै ४ घण्टा लागेको थियो ।
बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुग्नुको साथै झन्डै १५ लाखको हाराहारीमा क्षति भएको वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव भुजेलले जानकारी दिए ।

विस १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स विस २०७८ साल माघदेखि बन्द छ । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो । मिल चल्न लागेको उद्योगलाई षडयंत्र पुर्व मिलमा आगजनी गरेको स्थानीय पदम सुब्बाले बताए ।

बन्द अवस्थामा रहेको मिल भित्रका पाटपुर्जा खिया लागेको अवस्थामा छन् भने कतिपय गायव भईसकेका छन् । कुनै ताका हजारौलाई रोजगारी प्रदान गरेको मिलकोे अवस्था अहिले खण्डर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्