विराटनगरमा रेलवे कम्पनीको कार्यालय स्थापना, इन्चार्ज तोकेर खटाइयो कर्मचारी

विराटनगरमा रेलवे कम्पनीको कार्यालय स्थापना, इन्चार्ज तोकेर खटाइयो कर्मचारी

विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो ।

भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्गोरेल सञ्चालनमा आईसकेको छ । तर, सञ्चालनमा समस्या भएपछि कार्यालय स्थापना गरेर सहजीकरण गरिने भएको छ । नेपाल रेल्वे सरकारी स्वामित्वको कम्पनी हो । जसले नेपालका रेलमार्गमा रेल सञ्चालन गर्दछ । मुख्यालय जनकपुरमा रहेको कम्पनीले अब विराटनगरमा शाखा कार्यालय स्थापना गरेर काम सुरु गरेको छ ।

विराटनगर शाखाका लागि प्रशासन सहायक छोटु यादवलाई खटाइएको छ । विराटनगर रेलवे शाखा कार्यालयको इन्चार्जको रुपमा यादवले काम अगाडी बढाउने छन् । यादवले आफू तीनदिन आगाडी मात्रै आईपुगेकोले यहाँको अवस्था अध्ययन गरिरहेको बताए । उनले शाखा कार्यालय स्थापना गरेर कार्गोरेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्र कार्यालयसम्म पु¥याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार तथा बथनाहास्थित स्टेसनसँग सम्पर्कमा रहने जानकारी दिएका छन् ।

‘पहिले कार्यालय पूर्ण रुपमा स्थापना गर्नुपर्नेछ’ इन्चार्ज यादवले भने–त्यसपछि सेवाग्राही र वस्तु आयात निर्यातसँग जोडिएका सरोकारवाला पक्षसँग परामर्शमा काम गर्ने कार्यदेश छ । उनले अब रेलवको शाखा कार्यालय विराटनगर–१८ आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा स्थापना भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्