विराट गोल्डकप चैत १५ गतेदेखि

<span class='c1'>विराट गोल्डकप चैत</span> <span class='c2'>१५ गतेदेखि</span>

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन ।

सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायत र मैदान व्यवस्थापनको काम भइरहेको उनले बताए । ट्रष्ट आफैंले आयोजना गर्ने प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष विजेताले २० लाख १५ हजार रुपैयाँ र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाएको ट्रष्टका अध्यक्ष शाहीले बताए ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्