विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियो

विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियो

विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए ।

जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको छ । विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीले मेसिन बिग्रिएपछि अहिले सुरुकै अवस्थामा प्रवेशद्वारमा चेकजाँच हुने गरेको जानकारी दिए ।  त्यसपछि सुरक्षा जाँचका क्रममा शरीर चेकजाँच गरेर डिर्पाचरतर्फ यात्रु प्रवेश गर्नेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रले एक्स–रे मेसिन खरिदको प्रक्रिया बढाईसकेकोले अब केहि समयमा आउने संभावना रहेको भण्डारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्