बुढीगंगामा ट्रक पल्टिँदा जुम्ल्याहा दाजुबहिनीसहित तीन जनाको मृत्यु

बुढीगंगामा ट्रक पल्टिँदा जुम्ल्याहा दाजुबहिनीसहित तीन जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् ।

त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय ७ वर्षीया रिमा खवास रहेकी छिन् । ५८ वर्षीया ज्याती अधिकारी घाइते भएकी छिन् । ट्रकले किच्दा उनको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्