अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुललाई

अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।

शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए ।

१ सय ८ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ ओभर ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १-१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्