एम्बुलेन्समा ५२ केजी गाँजा ओसारपसार गरेको आरोपमा विराटनगरका जयदेव चेल भेडेटारमा पक्राउ

एम्बुलेन्समा ५२ केजी गाँजा ओसारपसार गरेको आरोपमा विराटनगरका जयदेव चेल भेडेटारमा पक्राउ

विराटनगर । विराटनगर–८ का ४८ वर्षीय जयदेव चेल एम्बुलेन्समा गाँजा लिएर आउँदै गर्दा भेडेटारमा पक्राउ परेका छन् । शनिबार धनकुटाको साँघुरीगढी गाउँपालिका –६ भेडेटारमा चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरामद भएपनि उनलाई पक्राउ गरिएको हो ।

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार भईरहेको सुचनाका आधारमा प्रहरीले ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँने क्रममा चेललाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चालक जयदेव चेल मे १ च २०३२ नम्बरको एम्बुलेन्स लिएर धरानतर्फ आउँदै थिए । रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भएसंगै चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्