विराटनगरका विकास अधिकारी लायन्स डिस्ट्रीक गभर्नर बन्दै

विराटनगरका विकास अधिकारी लायन्स डिस्ट्रीक गभर्नर बन्दै

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थापित विराटनगरका युवा व्यवासयी विकास अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५ सी को गभर्नर बन्ने भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ३२५ सी का प्रथम भाईस गभर्नर अधिकारी सन् २०२४\०२५ का लागि गर्भनर बन्ने भएका हुन् ।

आगामी बैशाख ८ गते विराटनगरमा डिस्ट्रीक कन्भेन्सन हुँदैछ । उक्त कन्भेन्सनबाट उनी निर्वाचित हुनेछन् । आगामी वर्ष उनी डिस्ट्रीक गर्भनर भएपछि प्राप्त गर्न सकिने अन्तराष्ट्रिय प्रोजेक्टहरु, समुदायस्तरका कार्यक्रम र व्यवस्थपनका विषयमा तालिम लिन उनी आइतबार अमेरिकास्थित सिकागो जाँदैछन् ।

इलेक्ट डिस्ट्रीक गर्भनरको पाँच दिने तालिमको रुपमा यो सञ्चालन हुनेछ । उनले समुदायसँग जोडिएर काम गर्ने योजनाहरु आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्