विराटनगरको ग्रिनल्याण्ड स्कुलले मनायो अभिभावक दिवस

विराटनगरको ग्रिनल्याण्ड स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर-५ मा रहेको ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ ।

स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल परिसरभित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्दशनी रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए । सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागी भएका अभिभावहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । यस्तै अनमोल स्पेशल एजुकेशन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले विद्यार्थीलाई स्कुल जान नस्कने समस्या पछिल्लो समय बढदै गएको बताईन ।

यस्तो समस्या हुन नदिन अभिभावकहरुले विशेष आफ्नो छोराछोरीलाई हेरचार गरिनुपर्ने सुझाब दिइन् । कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका पुर्व प्रमुख दुर्गा प्रसाद खतिवडालगायतको शिक्षकहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्