विराटनगरमा मारवाडी प्रिमियर लिग हुने

<span class='c1'>विराटनगरमा मारवाडी प्रिमियर</span> <span class='c2'>लिग हुने</span>

विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ ।

फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेल मैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि हुने भएको छ । प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ६१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिताभरी उत्कृष्ट हुने खेलाडीहरुलाई विशेष पुरस्कार रहेको छ ।

प्रतियोगिताको गत वर्षको विजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्